दफा २२
नाफा नोक्सानको बाँडफाँड
– (१) साझेदारहरुमा नाफा नोक्सानको हिसाब गरी बाँडफाँड गर्दा कबुलियतमा व्यवस्था, भएकोमा सोही बमोजिम र नभएकोमा बराबर दरले बण्डा लगाइनेछ । (२) कुनै साझेदारले साझेदारी खडा गर्दा लगाएको पूँजीमा ब्याज दिने लिने कबुलियत भए सो ब्याज मुनाफाबाट मात्र तिर्न पर्छ ।